‘सबै जनता लेखापरीक्षक बन्न जरुरी छ’
धनगढी, १२ बैशाख । सार्वजनिक चासोको विषयमा हुने काम सहि ढंगले वा नियमसंगत भईरहेको छ छैन भनि चेक जाँच गर्नलाई सबै जनता लेखापरीक्षक बन्न जरुरी रहेको बताइएको छ ।
महालेखापरीक्षकका नायव निर्देशक दामोदर पुडासैनीलले लेखापरीक्षणमा नागरिक सहभागिता कार्याशाला गोष्ठी कार्यक्रमम यस्तो बताएका हुन् । कार्यक्रममा उनले ‘लेखापरीक्षण सरकारी निकायले गरेर मात्रै हुदैन, जनताको नाममा आएको श्रोत सदुपयोग भयो कि भएन भन्नेबारे खोजनीति गर्न जनता आफै लेखापरीक्षक बन्न आवश्य छ ।’
लेखापरीक्षण सरकार र जनता बिचको सम्बन्धसंगै आलोचना पनि हुने भएकोले व्यवस्थित प्रणालीगत छ छैन भन्ने कुरा पत्ता लागउने गरेको बताए ।
पहिला कागजात र प्रमाणको आधारमा मात्रै लेखापरिक्षण हुने गरेको बताउदै आजभोली त्यतिले मात्रै नभएर अनुसन्धान र विशलेषण गरेर पनि लेखापरीक्षण गर्नेगरेको पुडासैनीले बताए ।
कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल र घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले गमलामा जल अर्पण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
दुई दिनसम्म चल्ने गोष्ठीमा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको रहेको थियो । द वर्ड बैंक, स्काई समाज र हेलबतास नेपालको सयुक्त आयोजनामा कार्याशाला गोष्ठीे भईरहेको छ ।













