धनगढी विमानस्थल स्तरोन्नतीकालागि एक महिना बन्द हुने

धनगढी, १२ वैशाख । धनगढी विमानस्थल स्तारोन्तीकालागि एक महिना बन्द हुने भएको छ ।

धावनमार्ग अति जिर्ण अवस्थामा रहेकोले यहि वैशाख २२ गते देखि जेठ २१ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरेको धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले बताए ।

विमानस्थलमा बिहीबार बसेको बैठकले नेपाल नागरिक उड्णन प्राधिकरणको प्रधान कार्यालयलाई विमानस्थल बन्द हुने सूचना प्रकाशन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।