डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

धनगढी, ११ बैशाख । धनगढीबाट बझाङकालागि छुटेको ना ६ ख १८३१ बस डडेल्धुराको साहुखर्कमा दुर्घटना भएको छ ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको बताइएको छ  ।

दुर्घटनामा परि मृत्यू हुनेको सनाखत हुन सकेको छैन्। विहान साढे ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोली गएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाकी छ।