मिरा राई अल्ट्रा धाविका
सन् १९८८ डिसेम्बर ३१ मा पुर्व भोजपुरको दुम्मा गाउँ स्थित घोर्लेवनमा जन्मिएकी मिरा राई जेठी छोरी हुन । उनी सानैदेखी परिवारको धेरै जिम्मेवारी समाल्दै आइरहेको अनुभूति सुनाउँछिन् । मिरा राई गाउँको परिवेसमा हुर्केकी हुन् । उनी घााँंस, दाउरा, खेतिपाती र गोठालोपात गर्दै बाल्यकाल विताईन् । गाउँ त्यसमाथी परम्परागत प्रणालीमा आधारित कृषीले बर्ष भरीलाई खान नपुग्ने भएपछि उनी सानैदेखि भारी बोक्ने काम गर्नुपर्ने बाध्यता हुन्थ्यो ।
यस्तै बाध्यताका बाबजुत उनी करीब ३ घण्टाको दुरीमा रहेको बिद्यालयमा गएर कक्षा ७ सम्मको अध्ययन गरिन । उनी १५ बर्षको उमेरमै माओवादी जनयुद्धमा होमिन पुगिन् । जनयुद्धमा लागेर भाई बहिनीहरुलाई पढाउन सक्छु कि भन्ने सोच बेकेका मिराको उद्देश्य पुरा हुन सकेन ।
नेपाल सरकारल तत्कालिन माओवादी विच बृहत शान्ति सम्झौता भयो । सम्झौता पश्चात उनी लामो समय क्यान्टोनमेन्टमा विताईन् । त्यही बसाईमा उनी थप शिक्षा हाँसिल गर्ने मौका छोपिन् । उनी शिविरबाटै कराँते लगायत अन्य खेलकुदको भाग लिदै सहभागी भईन् । पछि उनी लडाकु समायोजनबाट अयोग्य ठहर्दै बहिरगमनमा भईन् ।
अयोग्यको विल्लाले उनलाई थप सृजनशील बनायो । उनी २०५८ सालमा सिन्धुलीबाट एस.एल.सि. पास गरिन् । साथै जे.टि.ए. पनि पास गरिन ।
हिमालय आउटडोर फेष्टिभलले २०७० चैत्र ७ गते आयोजना गरेको ५० किलोमिटर अल्ट्रा दौड उनको जिवनको एक महत्व पुर्ण मोड बन्न पुग्यो । जुन दौडमा उनी प्रथम भईन् । उनलाई यो प्रतियोगिता पछि थप प्रेरणा मिल्यो । यस पछि उनी अन्य विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुन थालिन ।

सन् २०१४ मा नै उनले मुस्ताङ ट्रेल रेसमा भागलीईमा पनि प्रथम भईन । यस अवसरमा उनले थप कुराहरु सिक्ने मौका समेत पाईन । उनी २०१४ संचालन भएका विभिन्न ९ वटा दौडहरुमा सहभागी भएर ७ वटामा प्रथम र २ वटामा द्धितिय स्थानमा आउन सफल भईन । अयोग्य भएर बहिरगमित हुदाँको पीडामा दौड प्रतियोगिताले मलहम लगाई दियो । उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चित हुन सफल भईन् ।
त्यस्तै २०१५ मा ११ वटा खेलमा सहभागी भएकी मिराले ६ वटामा प्रथम, १ मा द्धितिय, १ मा तृतीय र १ मा चौंथो स्थानमा आईन ।
२०१६ मा सहभागी भएको २ वटा खेल मध्ये १ वटामा दोस्रो तथा १ वटामा आठौं स्थानमा आउन सफल भईन । यसरी उनले २०१४ मा अल्ट्रा दौड सुरु गरेर २०१५ मा नै बिश्वको दोस्रो स्थानमा पुग्न सफल भईन ।
यसै बिचमा उनले सन् २०१७ मा नेशनल जोग्राफी च्यानलले विश्वभरका साहसी व्यक्तिहरुलाई छानेर दिईने ‘एडभेन्चर अफ दि ईयर’ अवार्ड समेत हात पार्न सफल भईन ।
उनको सफलताको पाटो जे जस्तो भएता पनि यसको पछाडी उनमा आईपरेका विविध समस्याहरु पनि छन । यस्तै मध्येको एक समस्या हो उनको घुडांको लिगामेन्टमा आएको समस्या । जसको लागी उनले २०१६ मा इटालीमा र २०१८ मा फ्रान्समा अप्रेशन गर्नु प¥यो ।
अल्ट्रा दौडलाई विस्तार गर्ने र उनी जस्तै दौडन चाहने अन्य भाई बहिनीहरुलाई पनि अवसर प्रदान गर्नको लागी ‘मिरा राई इनिसियटिभ’ भन्ने फाउण्डेशन नै खोलेर अहिले नेपालका ६ जना बहिनीहरुलाई अन्तराष्ट्रिय खेलहरुमा सहभागी गराईरहेकी छिन् । निरन्तरको प्रयासले सफलता हात पार्न सकिन्छ भन्ने एक उदाहरणका रुपमा मिरा सबै दिदीबहिनीहरुकोलागी प्रेरणाको श्रोत बनेकी छिन् ।













