कैलारी गाउँपालिका वडा नं. ७ मा सञ्चालित योजनाको ७० प्रतिशत कार्य सम्पन्न

धनगढी, ५ बैशाख । कैलारी गाउँपालिका वडा नं. ७ मा सञ्चिालित योजनाको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । आर्थिक बर्ष २०७५/०७६ मा विनियोजित बजेट चैत मसान्तसम्म करिब ७० प्रतिशत कार्य सम्पादन भएको वडा अध्यक्ष कमलप्रसाद चौधरी जानकारी दिए । बुधबार भएको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत वडा अध्यक्ष चौधरी सो बजेत जानकारी गराएका थिए ।

गाउँपालिकाबाट वित्तीय सामानीकरण, राजश्व बाँडफाँट शीर्षक अन्तर्गत ग्राभेल, सीमा प्रहरी चौकी निर्माण, कल्भर्ट, खानेपानीको अधिकांश योजना सम्पन्न भएको बताए ।

त्यसै गरि संघीय सरकार राजस्व बाँडफाँट शीर्षक अन्तर्गत रतपुर, मोहनपुरमा मोहना लडियामा जैजिक तटबन्धन, सडकस्तरोन्नती लगायतके कार्य सम्पन्न भएको अध्यक्ष चौधरीले जानकारी दिए । संघीय सरकारबाट विनियोजित बजेट मार्फत सञ्चालित योजनामध्ये लोटाहुवा ताल संरक्षण तथा सम्भार, बसन्ता जडिबुटी प्रशोधन केन्द्र, मिलनपुर विपतपुर विद्युत पोल लगायतको योजना कार्य सम्पन्न हुन बाँकी रहेको बताए । यो वर्ष भौतिक निर्माण कार्यमा बजेट बढि परेको बताउदै आउँदो वर्ष योजना बाँडफाँड गर्दा मानविय विकासलाई प्राथमिकतामा राख्ने अध्यक्ष चौधरी बताए ।

कैलारी गाउँपालिकाले वडा नं. ७ मा तीन करोड ४२ लाख ७५ हजार ३ सय ३३ रुपैया बजेट विनियोजन गरेको थियो । सार्वजनिक कार्यक्रममा अधिकांश सहभागीहरु कृषि, शिक्षा, स्वास्थ्य, सीपविकास तालिम, सडक ग्राभेल, तटबन्धन, सिचाईको बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य विष्णा सुनार, वडा सदस्य सुन्दर चौधरी, फिरु चौधरी, मौसम्फी चौधरी, वडा सचिव सन्तोष चौधरी, सीमा प्रहरी चौकीके प्रमुख रघुवीर कडायत लगायतको सहभागिता रहेको थियो ।