‘मलाई गर्व छ थारु हुनुमा’ श्री निवासको नयाँ एल्बम

धनगढी, २ बैशाख । डेढ दशक देखि निरन्तर सागितिक क्षेत्रमा लागेका चार्चित गायक श्री निवास चौधरीको नयाँ गीत ‘मलाई गर्वछ थारु हुनुमा’ बजारमा आएको छ ।

उनले विभिन्न भाषा भाषिक गित गाउदै आएका छन् । २०५९ साल देखि गायन प्रशिक्षण लिएका चौधरी २०६१ सालमा पहिलो एल्बम ‘हाय रे छौकिया’ नामक गीति निकालेका हुन् ।

उक्त एल्बम निकै चर्चामा थियो । उनकै स्वरमा रहेका छौकिया नाछे नाचे, जनम जनम मै तोहार, गरिबवा के जिन्दगी, बोलका गितहरु पनि एकदमै चर्चामा रहेको श्री निवासको भनाई छ ।

२०६४ सालमा ‘दिल के रानि’, चोरी चोरी दिल मोर तु चोरा लेहलो, जवनिया तहल्का मचा देहल, भौजी कटि ना जाडा रजाइ से (भोजपुरी), गोरिया ओढनी बिना, चली बोलबम जलवा चढाये, आदिवासी थारु हमरे लगायतका गितले थारु समुदायको मनस पटलमा बस्न सफल भएका छन् ।

उनले मलाइ गर्व छ थारु हुनु मा बोलको गित हालै सार्वजनिक गरेका हुन् । सोझा थारुहरु बन्जर जमिनलाईलाई हरियाली बनाएर बसोबास गर्दै विभिन्न अपथ्याराहरुसंग लड्नु परेको सन्देश दिएको छ ।

गीतमा पुर्व पश्चिमका थारुहरु एक जुट भई अधिकारको लागि लड्नुपर्ने सन्देश झल्किएको छ । छबिलाल कोपिला अनि अक्सु दिनेश दहित को शब्द,मा रिलिज भएको एल्बमको भिडियो निर्माणको काम चाडै सकिने चौधरीको भनाई छ ।