टिकापुर घटना कम्यूनिष्टले बिगारेको सामाजिक सद्भावको उपज हो : नेतृ देउवा

धनगढी ३० चैत । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले कम्यूनिष्टहरुले सामाजिक सद्भाव बिगारेको आरोप लगाएकी छन् ।

धनगढी उप–महानगरपालिका ६ मा आयोजित वडा सम्मेलन तथा क्रियाशील सदस्यता वितरण कार्यक्रमा बोल्दै नेतृ देउवाले जातियता र क्षेत्रीयताका कुरा गरि समाज तहस नहस भएको बताईन । टिकापुर घटना त्यसैको उपज भएको आरोप अगाउदै नेतृ देउवाले छिकेकीलाई छिमेकीका बिरुद्ध उचाल्ने कम्यूनिष्टहरुबाट नै टीकापुर घटना भएको आरोप लगाईन् ।

नेकपाको सरकार जनतामुखी भन्दा पनि कार्यकर्तामुखी भएको बताईन् । दुई तिहाईको सरकार र जनताको सम्वन्ध टुट्दै गएको छ नेतृ देउवाले भनिन्, ‘सरकारले जनतालाई धोका दिने काम मात्रै गरिरहेको छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्तले नेकपाको सरकारले काग्रेस जितेका निर्वाचन क्षेत्रमा बजेट नहालेको आरोप लगाए ।

सुदूरपश्चिम सरकारले कुनै शिर्षक बिनानै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाउन लागेको आरोप पन्तको थियो । धनगढी उपमहानगरपाललिकाका मेयर नृपबहादुर बडले नगर क्षेत्रका बिकास गर्नमा सदैब लागि परेको बताए ।

उनले धनगढी उपमहानगरपालिका प्रति प्रदेश सरकारले सौतेलो ब्यावहार गरेको आरोप समेत लगाए । कार्यक्रममा प्रदेशसभा सांसद टेकबहादुर रैका, धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो ।