‘द १०० हिरोज् अफ मधेस’बाट पत्रकार उन्‍नती सम्मानित

काठमाडौँ, ३० चैत्र । ‘द १०० हिजोज् अफ मधेस’ बाट पत्रकार उन्नती चौधरी सम्मानित भएकी छन् । देशभरबाट विशिष्ट योगदान गरेका एकसय जनामा पत्रकार चौधरी पनि छानिएकी हुन् ।

मधेसी पत्रकार समाजले विशिष्ट योगदान गरेका समाजसेवी, चिकित्सक, पत्रकार, राजनीतिज्ञलगयात एकसय जनालाई ‘द १०० हिजोज् अफ मधेस’ अर्वाड दिएर सम्मान गरेको थियो । छनोट प्रक्रिया भोटिङ र कामको आधारलाई बनाइएको थियो ।

विभिन्न १० विधामा १०–१० जना सम्मानित गरिएको थियो । समितिले चौधरीलाई पत्रकारितामार्फत महिला तथा उत्पीडित समुदायको अधिकारको पक्षमा विशिष्ट योगदान पुर्याएको भन्दै छनोट गरेका थियो ।

विगत १२ वर्षदेखि पत्रकारिता क्षेत्रमा रहेकी चौधरीले महिला, थारु, दलितलगायत उत्पीडित समुदायको अधिकारको पक्षमा कलम चलाउँदै आएकी छन् । उनले विभिन्‍न राष्ट्रिय पत्रिकामार्फत कमल चलाउँदै आएकी चौधरीले आफैले केर्नीन्यूज डटकम अनलाइन समेत संचालन गरेकी छन् ।

सम्मानित हुनेमा सामाजिक अभियन्ता सरोज राय, सीताराम कट्टेल ‘धुर्मुस’, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, जनकपुर उपमहागनरपालिका मेयर लालकिशोर साह, नेता केशव झा, सामाजिक अभियन्ता तथा प्रदेश २ का सांसद् रामअषिश यादव, संगीतकार तथा गायक गुरुदेव कामत, अधिवक्ता सुनिलरञ्जन सिंह, अप्पन टिभीका समाचार प्रमुख अजय साह शिवाली, सामाजिक अभियन्ता सरोज मिश्र, भिजिट मधेशका ओमप्रकाश सर्राफ, चिकित्सक डा.सीके सिंह, चित्रकार सुनैता ठाकुर, पत्रकार पुरन साह, पत्रकार अभिमन्यु पटेल, गायक रामा मण्डल, संगीतकार कमल मण्डल, साहित्यकार विनित ठाकुर सम्मानित भएका छन् ।

त्यसैगरी, महिला अधिकारकर्मी रिता साह, नेतृ रेखा यादव, नेतृ सुनिता साह, तिलाठी कोइरालाडी गाउँपालिकाका अध्यक्ष शतिश सिंह, प्रकाश थारु, पत्रकार रामविकास चौधरी, एथलेटिक्स खेलाडी अमित यादवलाई विशेष सम्मान गरिएको थियो ।

मधेशका लागि आर्थिक, शैक्षिक, कृषि, युवा, सामाजिक, पत्रकारिता, युवा, उद्योगी, महिलाबाट योगदान दिएकाहरूको छनौट गरी ‘मधेशको हिरो’ उपमा दिँदै सम्मान सय जनालाई सम्मान गरिएको थियो । भोटिङ्का आधारमा ५० र ५० जनाको छनौट कमिटीले विशिष्ट योगदान दिएका व्यक्तिहरुबाट छनोट गरेको थियो

कार्यक्रममा (नेकपा)का प्रचण्ड, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेता हृदयेश त्रिपाठी, राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा, काँगेस नेता डा। अमरेशकुमार सिंह, राजपा नेपालकी महासचिव तथा सांसद चन्दा चौधरीलगायतले अवार्ड तथा सम्मान हस्तान्तरण गरेका थिए ।