आर्थिक अभावले दुबै मिर्गौला फेल हुने सम्भावना

धनगढी, २८ चैत । कैलारी गाउँपालिका वडा नं. ७ मिलनपुर मुक्त कमैया शिविरका ४० वर्षिय कुक्ररु चौधरीको दुबै मृगौलामा पथरी भएर मृगौला नै फेल हुने सम्भावना रहेको बताइएको छ ।

लामो समयदेखि पेट दुख्ने समस्याले ग्रसित चौधरी आर्थिक अभावका कारण उपचार विना घरमै बसेको छन् । उनी दुखाई एकदमै बढेपछि एकदिन धनगढीको अस्पतालमा चेकजाँच गराउदा दुबै मृगौला ८ र १२ (एमएल) को पथरी रहेको सेती अञ्चल अस्पतालको रिर्पोटमा उल्लेख भएको छ ।

अस्पतालले उनलाई अप्रेसनकोलागि नेपालगंज रेफर गरिएको थियो । तर कुक्ररु आर्थिक अभावकको कारण उपचार विनानै घर फर्केको उनको छोरा दिनेश चौधरीले बताए ।

कैलारी गाउँपालिका वडा नं. ७ मिलनपुर मुक्त कमैया शिविरकमा बस्दै आएका कुक्ररु चौधरी, दुबै मृगौलामा पथरीको भएपछि उपचारको लागि हारगुहार गर्दैछन् ।

डाक्टरले भने अनुसार पैसा छैन, उपचार कसरी गर्ने भन्दै विरामी कुक्ररु भाबुक भए । अहिले उनी गाउँकै बैदवाले(बैद्य) दिएको जडीबुडी खाईरहेका छन् । स्वस्थ्य शरिर हुदा मजदुरी गर्थे, अब काम गर्न सक्दीन उनले बताए । रातो कार्ड वा कमैया परिचय पत्र अतिगरिब परिचय पत्र पनि छ तर पुनःस्थापना भएका छैनौ ।

छोरा दिनेश चौधरी र बुहारी सुनिता चोधरीलाई लिएर मजदुरी गर्न जान्छ । त्यो पैसाले छाक टार्न ठिक्क हुन्छ । कहिले काहि यस्तो लाग्छ, अब उपचार नै नपाएर मर्छु होला । उनको छोरा दिनेश चौधरी र बुहारी मिलेर केही जमिन अधिया गरि घर खर्च चलाई रहेका छन् । बुवाको अपरेशन खर्च जोहो गर्न नसकेर आर्योबेदिक औषधी खुवाईरहेको जानकारी दिए ।

बुवाको उपचारकोलागि सबैलाई सहयोग गरिदिन अनुरोध गर्दै उनी उपचारको लागि हारगुहार गर्दैछन् । मृगौला, मुटु, क्यान्सर, सिकलसेल जस्ता रोग लागे स्थानीय तहको सिफारिसबाट पनि उपचारमा छुट पाइन्छ । तर उहाँहरुले प्रक्रिया थाहाँ नपाएर घरमै बसेका छन् ।