सामाचार प्रभावः मिलनपुर/विपतपुर मुक्त कमैया शिविरमा खानेपानीको लागि गहिरो नल्का

धनगढी, २७ चैत । कैलारी गाउँपालिका वडा नं. ७ मिलनपुर/विपतपुर मुक्त कमैया शिविरमा कैलाली गाउँपालिकाले दुई  वटा नल्का गहिरो उपलब्ध गराएको छ । केर्नी न्यूज डटकमले फागुन ७ गतेका दिन कमैया बस्तीमा समस्याको पोकोः घर अन्ध्यारो, स्वास्थ्य उपचार शून्य भन्ने शिर्षक राखे सामाचार सम्प्रेशन गरेको थियो । साथै बस्तीमा खानेपानीको एकदमै समस्या रहेको सामाचारमा उल्लेख गरिएको थियो ।

सामाचार सम्प्रेशन पश्चात कैलारी गाउँपालिकाले मिलनपुर÷विपतपुर मुक्त कमैया शिविर अनुगमन गरि दुबै शिविरलाई ५०/५० हजार बराबरको पौने दुई सय फिट गहिरो नल्का उपलब्ध गराएको कैलारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । उनले वडा नं. ७ को प्राय बस्तीमा खानेपानीको समस्या रहेको बताउदै एकदमै समस्या रहेको बस्तीमा कैलारी गापाले हरेक वर्ष दुई चार वटा गहिरो नल्का उपलब्ध गराईरहेको बताए ।

गापाले अन्य संघसंस्थाहरुसंग पनि समन्वय गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिए । २०६४ सालदेखि बसोबास गर्दै आएको सो शिविरमा १२४ घरधुरी मध्ये ६२ घरधुरी पुनःस्थापना भएको र ६२ घरधुरी पुनःस्थापना हुन बाँकी छन् । बस्तीमा नल्का आएपछि बालबालिका र बृद्धहरुलाई एकदमै राहत भएको स्थानीय विनोद चौधरी बताउछन् ।

कमैया प्रथा उन्मूलन समाजले कमैयाहरुका हकहित मर्यदा सवलीकरण परियोजना लागु गर्नकोलागि फागुन ६ गतेका दिन बस्तीमै पुगेर सो बस्तीको समस्या बारे छलफल र बस्ती अनुगमन गरेको थियो । बस्ती अनुगमनबाट आएको समस्यालाई मध्येनजर गर्दै केर्नी न्यूजडटकमले सामाचार सम्प्रशेष गरेको थियो ।

उक्त बस्तीमा नल्का नभएको होईन, नल्का छ तर पानी आउदैन । नल्का एकदमै साह्रो भएकोले नल्का चलाएर बस्तीका धेरै मान्छेहरुको अगाडीको दाँत भाँचिएको विनोद चौधरी बताउछन् । उनले हालै गापाबाट उपलब्ध भएको नल्का चलाउन एकदमै सजिलो रहेकोले केटाकेटीहरुलाई पानी खाना समस्या नहुने बताए ।