सिकलसेल एनिमियाका बिरामीलाई आजिवन निशुल्क उपचारको माग
धनगढी, २५ चैत । कैलालीका नागरिक समाजले सिकलसेल एनिमियाका विरामीलाई आजिवन निशुल्करुपले उपचार हुनुपर्ने माग राखेका छन् । उनीहरु सोमबार सामाजिक विकास मन्त्रालयलाई संयुक्त रुपमा तिन बुदे ज्ञापनपत्र बुझाएको छ ।
थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोग बारे बनाईएको नितीमा सुधार हुनु पर्ने विभिन्न माग राख्दै सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीलाई सोमबार ज्ञापन पत्र बुझाईएको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले सिकलसेल एनिमीया बिरामीका लागी यस आर्थिक बर्षमा प्रदेश सरकारले छुट्याएको १ लाख ५० हजार रकम कैलालीको सेती अञ्चल अस्पताल, टिकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पताललाई ५० हजारका दरले प्रदान गरिएको बताए ।
नागरिक समाजले बुझाएको ज्ञापन पत्रले ध्यानाकर्षण गराएको भन्दै उनले आगामी दिनमा अझ प्रभावकारी बनाउन तिर प्रदेश सरकार अगाढी बढ्ने बताए ।
सामाजिक विकास मन्त्रि कृष्णराज सुबेदीले यो बजेट कम भएको र आगामी आर्थिक बर्षको बजेटमा अझ थप बजेट सिकलसेल एनिमियाका लागी छुट्याउने बताए ।
ज्ञापन पत्रमा नेपालमा अन्य जाती भन्दा थारू समुदाय बढी देखा परेको र सिकलसेलका विरामीलाई एक लाखसम्मको निःशुल्कउपचारको व्यवस्था सरकारले गरेको भएपनि सरकारले दिएको सेवा उपभोग गर्दा पनि उपचार गर्न समस्या भए पछि विरामीहरु व्यक्तीगत रुपमा आफ्नै खर्चमा उपचार गर्न बाध्य भएको उल्लेख छ ।
ज्ञापन पत्रमा सेती अञ्चल अस्पतालको तथ्याकंमा चार सय ९५, जसमा महिला २ सय २३ र पुरुष २ सय ७२ रहेका छन् भने घोडाघोडी अस्पतालमा २ दुई सय २० जनाले सिकलसेलको उपचार सेवालिइरहेको उल्लेख छ । तर टिकापुर अस्पताल र महाकाली अञ्चल अस्पतालसंग भने एकिन तथ्यांक छैन नभएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र विकास र सामाजिक परिवर्तनका लागी संचार (एफएमडिसी) धनगढीका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक उमिद बागचन्द, गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदशेका अध्यक्ष देबी खनाल, एफएमडिसीका महासचिब शिबराज सेठी, एफएमडिसीका कार्यक्रम संयोजक ओम जोशी, एफएमडिसीका अभियान अधिकारी निराजन परियार, बागेश्वरी असलशासन क्लब(बास) कैलाली शाखाका अध्यक्ष पाण्डव पुजारा लगायतले संयुक्त रुपमा सामाजिक बिकास मन्त्रीलाई बुझाएका थिए ।
यस्ता थिए मागहरु
१.मागहरुमा सिकलसेल एनिमिया बिरामीहरुका लागि बनाईएको नितीलाई सुधार गरि सरकारी अस्पतालबाट आजिवन निशुल्क उपचारको व्यवस्थाका गर्नुपर्ने ।
२.सिकलसेल एनिमियाको उपचारका लागि सरकारले दिएको एक लाख रकम अपुग भएको गुनासो बढ्दै गएको छ । त्यसैले विरामीहलाई रकम भन्दा पनि आजिवन उपचारको व्यवस्था हुनुपर्छ ।
३. अर्को विषय रोग पहिचानको हो । सिकलसेल भए नभएको थाहा पाउनका लागी सरकारले पहिचानको आवश्यक ब्यवस्था गर्नु पर्ने ।













