आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कर्णालीमा ¥याटिङ ज्याम्बोरी

धनगढी, २३ चैत । कर्णाली नदीमा र्‍याफ्टिङका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्रचार प्रसार गर्ने उद्देश्यले र्‍याफ्टिङ ज्याम्बोरी २०७५ सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्णाली र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन गरेका हुन्। जिल्ला समन्वय समितिको आयोजनामा कैलालीको मोहन्याल गाँउपालिका सोल्टा स्थित कर्णाली र्‍याफ्टिङ ज्याम्बोरी उद्घाटन गरिएको हो।

सोल्टाबाट शुरु भएको र्‍याफ्टिङ झण्डै २३ किमी लामो जलयात्रापछि कैलालीको चिसापानीमा समापन भएको थियो । उक्त दूरी तय गर्न करीव ३ घण्टा लाग्ने समय लागेको थियो ।