जेष्ठ नागरिक मेला तथा राना थारु भाषा, संस्कृति संरक्षण कार्यक्रम

धनगढी, २२ चैत । धनगढी उपमहानगर पालिका वडा नं. १५ मा जेष्ठ नागरिक मेला तथा राना थारु भाषा, संस्कृति संरक्षण कार्यक्रम हुने भएको छ ।

वडा समितिले आज र भोली (२०७५ चैत २२ र २३ गते) सो मेला संचालन गर्ने जानकारी दिएके छ । मेलामा राना थारुहरुको विभिन्न कला संस्कृति, नाच गान र खानपानको प्रदर्शनी गर्ने आयोजकले जनाएको छ । मेलाले वडा सास्कृतिक तथा आपसी सद्भावमा सहयोग पुग्ने वडा अध्यक्ष फुलराम चौधरीले बताए ।