प्रधानमन्त्री रोजगार फितलो नहोस् : नगरप्रमख
धनगढी, २२ चैत । धनगढी उप–महानगरपालिकाका प्रमुख नृवबहादुर वडले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गरिव परिचय पत्रजस्तो बन्न नदिन आग्रह गरेका छन् ।
बिहीबार प्रधानमन्त्री रोजगार कार्यक्रम सम्वन्धी प्रदेश स्तरको अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो आग्रह गरेका हुन । पाउनुपर्ने गरिवले परिचयपत्र नपाएर धनीहरुले पाउँदा समुदायमा समस्या सृजना भएको बताए । ‘पाउनुपर्ने बेरोजगार ब्यक्तिले नपाएर प्रधानमन्त्री रोजगार कार्यक्रमको अवसर फेरी रोजगार भएका ब्यक्तिले पाए पुनः गरिबी परिचय पत्र वितरण गरे सरह हुन्छ ।’
अवसर लिनेहरु टाँठा बाँठाहरु बढी हुन्छन् उनले भने,‘त्यसैले फाराम भर्ने बेला देखि नै होसियारी पु¥याउनुपर्छ । तत्कालिन जिल्ला विकास समितिले संकलन गरेको बिवरणका आधारमा तयार गरिएका गरिव परिचयपत्र अहिले स्थानीय सरकारका लागि समस्या भएको छ, त्यस कारण यो कार्यक्रमका बिषयमा सबैले होसियार भएर ध्यान पुर्याउनु पर्छ ।’













