‘जनमन अभियानलाई सफल बनाउनु होस्’

धनगढी, २० चैत । नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले पार्टीले सुरु गरेको ‘तनमन कांग्रेस, जनजन कांग्रेस” अभियान सफल बनाउन आग्रह गरेका छन् ।

जिल्ला पार्टी कार्यालय कैलालीमा आयोजना गरेको नेता कार्यकर्ता भेलामा बोल्दै पार्टी सभापती शाहले यस्तो आग्रह गरेका हुन । सभापती शाहले बस्ती सम्म पुगेर जनताका सुझावहरु संकलन गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । औपचारीकता मात्रै होईन प्रतिवेदन सहित सुझाव, गुनासाहरु जिल्ला कार्यसमितिमा बुझाउनुपर्छ सभापती शाहले भने, कामको पार्टीले मुल्यांकन समेत गर्ने छ ।

नेपाली कांग्रेस कैलाली धनगढी उप–महानगरपालिकाका नगरसभापती नृपबहादुर वडले निर्धारीत समयमा अभियान पुरा गर्ने गरि काम भैरहेको बताए । उनले भने, चैत २९ गते भित्र धनगढीका सबै वडामा सभाहरु सम्पन्न हुने कार्यतालिका बनाएका छौं ।

नेपाली कांग्रेसको यो अभियान फागुन अन्तीम साता बाट सुरु भएको थियो भने चैत ३० गते पुरा गर्ने कार्यतालिका थियो । अधिकांस ठाउँमा भेला, छलफल सम्पन्न भैसकेको कांग्रेस कैलालीले जनाएको छ । नेपाली कांग्रेस कैलालीले जिल्लाका सबै १ सय २६ वडाहरुमा बुधवार देखि ‘तनमन कांग्रेस, जनजन कांग्रेस” अभियान थालेको थियो ।

नेपाली कांग्रेस कैलालीका सभापती शाह मुनका अनुसार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य गरि ६९ जनालाई जिल्ला प्रतिनिधि बनाई खटाएको छ ।