उद्दार/राहतमा जुट्न नेता/कार्यकर्तालाई विप्लवको निर्देशन
काठमाडौं १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बारा/पर्सामा हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आतबार साँझ आएको भिषण आँधी–हुरीसहितको असिनाका कारण ३५ जनाको मृत्यु र पाँच सयभन्दा बढी घाइते भएको घटनाले सिंगो पार्टीपंक्तिलाई दुखी बनाएको बताएका छन् ।
विप्लवले विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारमा गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
त्यस्तै दुःखको घडीमा पीडितलाई साथ दिन भन्दै विप्लवले सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धार र राहतमा संकलनमा जुट्न निर्देशन दिएका छन् ।













