नगरप्रमुखद्धारा वायू ब्रिकेट उद्योगको उद्घाटन
धनगढी, १८ चैत । धनगढी उप–महानगरपालिका १५ उर्मामा झारपालबाट कोईला उत्पादन गर्ने बायू ब्रीकेट उद्योग आईतबार देखि संचालनमा ल्याईएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आईतबार उद्योगको उद्घाटन गरेका हुन । खेम बायू ब्रीकेट उद्योगको संचालन धनगढीका खेमराज मिश्रले गरेका हुन । उनले झण्डै एक करोडको लागानीमा संचालन गरेको उद्योगले यस क्षेत्रमा आवश्यक पर्ने कोईलाको आपूर्ती गर्ने छ । बिकेटले कोईलाको काम गर्दछ ।
उद्योगको उद्घाटन गर्दै नगरप्रमुख वडले साना तथा मझौला उद्योगलाई उप–महानगरपालिकाले सधै प्राथमिकतामा राखेको बताए । कसैले उत्पादन गरिदिएको बस्तु बेच्नु भन्दा स्थानीयले नै उत्पादनशिल कार्यमा लगानी लगाउनुपर्छ भन्ने मान्यता हाम्रो हो ।
धनगढी उप–महानगरपालिका १ का अध्यक्ष सन्तोष मुडभरीले बायू ब्रीकेट उद्योगले वातावरण संरक्षणमा उल्टै सहयोग पुग्ने बताए । उनले भने,‘ स्थानीयले खेर गएको भुस र झारपात समेत उद्योगलाई बेचेर आम्दानी गर्न सक्दछन् ।
उद्योग संचालक खेमराज मिश्रले उद्योगको क्षमता बिस्तारै बढाउने बताए । उनले भने,‘बजारमा माग अनुसार आपूर्ती गर्नका लागि उपकरण थप गर्नुपर्छ ।













