धनगढीकी उप–प्रमुख भट्ट विकास परिषदमा मनोनित

धनगढी, १५ चैत । धनगढी उप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट राष्ट्रिय विकास परिषदमा मनोनित भएकी छन् ।

नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार मिश्रलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको हो ।

राष्ट्रिय योजना आयोग गठन तथा कार्य संचालन आदेश २०७४ को दफा ७ को उपदफा २ बमोजिम मिश्रलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको हो । राष्ट्रिय विकास परिषदमा २५ जना मनोनीत भएकोमा सुदूरपश्चिम प्रदेशबाट मिश्र सहित २ जना मात्रै परेका हुन ।

राष्ट्रिय विकास परिषदमा बैतडीको पुर्चौडी नगरपालिकाका मेयर रणवहादुर कँुवरलाई पनि मनोनित गरिएको छ ।