महिला हिंसा न्यूनिकरणमा संचारकर्मीको भूमिका विषयक छलफल
धनगढी, १५ चैत । समाजमा बढ्दै गईरहेको महिला हिंसालाई न्यूनिकरण गर्न संचारकर्मीहरुको भूमिका विषयक छलफल भएको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपाल र क्रियाशिल पत्रकार महिलाको समन्वयमा महिला हिंसा न्यूनिकरणबारे छलफल भएको थियो । ओरेक नेपालका जिल्ला संयोजक विनु राना घरेलु हिंसा बढ्नुका कारण धेरै बालवालिकाहरु जन्म दर्ताबाट बञ्चित भईरहेको बताईन् ।
बलात्कारपाछि धेरै बच्चा जन्मिएको बताउदै उनीहरुको जन्मदर्ता नभएको कारण महिला थप समस्या खेप्न बाध्य भएको रानाको भनाई थियो ।
महिला हिंसा न्यूनिकरण गर्न अबको बाटो के रहने भन्ने सवालमा केन्द्रीत भई संचारकर्मीनहरुसंग सुझाव संकलन भएको थियो ।
पत्रकारहरुले सुझाब दिदै जिल्ला स्थित सबै स्थानीय तहका न्यायिक समिति संयोजकहरुसंग छलफल गरि तथ्यमा आधारित दाताहरुलाई व्यवस्थापन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा क्रियाशिल महिला पत्रकार कैलालीका अध्यक्ष उन्नती चौधरी सहजीकरण गरेका थिए ।













