धनगढीमा होण्डाको ‘होण्डा डिआइओ’ डी इट’
धनगढी, १४ चैत्र । बिहीबार धनगढीमा होण्डाले ‘होण्डा डिआइओ’ डी इट’ स्पिन एण्ड वाल्क नामक प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।
स्याकर ट्रेडि∙ कम्पनी र होण्डाको धनगढीका लागि अधिकारिक विक्रेता कुमारी टे«डर्सले कैलाली बहुमुखी क्याम्पसमा ‘होण्डा डिआइओ’ डी इट’ कार्यक्रम आयोजना गरेको हो । प्रतियोगितामा ५५ जना विद्यार्थी सहभागिता जनाएको कुमारी टे«डर्सका सञ्चालक रामगोपाल कमाचार्यले जानकारी दिए । प्रतियोगितमा उत्कृष्ट हुँदै हरिष अवस्थीले १० हजार नगद पुरस्कार जितेका छन् ।
होण्डाले यस खालको प्रतियोगिता नेपालका प्रमुख शहरमा आयोजना गरिरहेको छ । सबै सहरहरुमा विजेता भएका खेलाडीले काण्माण्डौंमा हुने फाइनल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । फाइनलमा विजयी खेलाडीका लागि १ लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ ।
त्यही प्रतियोगिताको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी स्थित दृष्टी फाण्उडेशनलाई ५० हजार नगद समेत सहगोग गरिएको थियो । कैलाली बहुमुखी क्याम्पसका प्लस टु संयोजक गणेश प्रसाद जोशी र कुमारी टे«डर्सका सञ्चालक कर्माचार्यले संयुक्त रुपमा दृष्टी फाउण्डेशनका कल्पना भट्टलाई उक्त सहयोग रकम हस्तारण गरेका थिए ।
उक्त रकम हस्तान्तरण गर्दै कर्माचार्यले कम्पनीले सामाजिक क्षेत्रमा क्रियाशिल संस्थालाई सहयोग गरि सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए ।
साथै उनले आगामी दिनमा पनि यसखालका प्रतियोगिता र सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्य जारी राख्ने बताएका थिए । उनले कार्यक्रममा उत्साहजनक सहभागिता जनाउने विद्यार्थीलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।













