गोदावरीमा बी वाइ सी मेयर कप २०७६ हुने
धनगढी, १४ चैत । कैलालीको गोदावरी नगरपालिका वडा न २ स्थित वनदेवि युवा क्लवको आयोजनामा बैसाख ६ गतेदेखि १५ गतेसम्म प्रथम बी वाइ सी मेयर कप २०७६’ हुने भएको छ । आयोजक बनदेबी युबा क्लब तघरीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको छ ।
गोदावरी नगरपालिकाको सहयोगमा २० लाख १५ हजार रकम बराबरको प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख १ रुपैया सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउने छ, भने उपविजेताले १ लाख ५० हजार १ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले १५ हजार प्राप्त गर्नेछ भने प्रतियोगिताको उत्कृष्ट गोल किपर , डिफेन्डर, स्टईकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडिलाई जनहि १०–१० हजार पुरस्कार प्रदान गरिने छ । साथै प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचलाई जनहि ३ हजार रुपैया प्रदान गरिने आयोजक कल्बका उपाध्यक्ष प्रकाश शाहीले जानकारी दिनुभयो ।
गोदावरी नगरपालिकालाई फुटवलको शहरको रुपमा देशव्यापि परिचित गराउने , युवाहरुलाई खेलतर्फ उत्प्रेरित गराउने र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडि उत्पादन गर्ने उद्येश्य सहित प्रतियोगिता हुन लागेको उहाले बताउनुभयो । खेल क्षेत्रको समग्र विकाससंगै प्रदेश राजधानी गोदावरी चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्उष्पाध्यक्ष शाहिको भनाइ छ ।
प्रतियोगितामा कैलाली कंचनपुर सहित देशैभरका गाउपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका टिमहरुले सहभागिता जनाउन पाउने छन् । प्रत्येक सहभागि हुने टिमहरुले आफ्नै पालिकाभित्रका अनिवार्य रुपमा ८ जना खेलाडि र ३ जना पालिका बाहिर वा विदेशि खेलाडि राख्न पाउने ब्यबस्था गरीएको छ ।













