निर्मला हत्याकाण्डमा अछामबाट २ जना पक्राउ

काठमाडौं, १४ चैत । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डमा संलग्नता अछामबाट आशंकाशपद २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अछामबाट २ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइरहेको बताइएको छ ।

अछाममा पक्राउ परेका दुवै जना निर्मला हत्या भएका बखत महेन्द्रनगरमै बस्ने र त्यसपछि अछाम आएर लुकेर बसेको अवस्थामा पक्राउ गरिएको स्रोतको भनाई छ । दुवै जनाको संलग्नता प्रमाणित भए प्रहरीले पत्रकार सम्मेलन गरेर चाँडै सार्वजनिक गर्ने जनाइएको छ ।