कोलकाताको लगातार दोस्रो जित्यो

काठमाडौं, १४ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले लगातार दोस्रो जित हाँसिल गरेको छ ।

कोलकाताको इडन गार्डेन मैदानमा गएराती भएको खेलमा घरेलु टोलीले किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित भएको छ ।

दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाताले दिएको २१९ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९० रन मात्र बनायो । उसका लागि मायांक अग्रवालले ५८ रन तथा डेभिड मिल्लरले अविजित ४३ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । उसका लागि रोबिन सिंह उथप्पाले ६७ रन जोड्दा नितिश रानाले ६३ रनको योगदान दिए ।

जितसंगै कोलकाताले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा कोलकाताले सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो ।

रविचन्द्र आश्विनको कप्तानीमा रहेको पन्जाबको भने प्रतियोगितामा यो पहिलो हार हो । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो ।