नागरिक सचेतना केन्द्रद्धारा कृषक समूहलाई बंगुर वितरण

धनगढी, १४ चैत । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा मायाराम चौधरीको अध्यक्षतामा ७ सदस्यीय टोल विकास समिति गठन भएको छ छ । समितिको कोषाध्यष राजकुमारी चौधरी र सचिव गीता चौधरी चयन भएका छन् ।

त्यसै गरि सदस्यमा बाबुराम चौधरी, राघुराज चौधरी, डम्मरदेवी चौधरी र प्रेमबहादुर चौधरी चयन भएका छन् । वडा कार्यालयको सहयोगमा वडा नम्बर १० अम्खोहिया शिविरस्थित सिर्जना नागरिक सचेतना केन्द्र कृषक समूहलाई २० वटा बंगुर वितरण गरिएको गरेका छन् ।

वडाध्यक्ष भीमबहादुर बमका अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका लेखापाल दीपेन्द्र चौधरी रहेका थिए ।