शिक्षण सिकाई सामाग्री वितरण

धनगढी, ११ चैत्र । कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको प्रारम्भिक तहको पठन सिपको विकास गर्ने उद्देश्यले शैक्षिक सत्र २०७६ का लागि शिक्षण सिकाई सामाग्री र सन्र्दभ सामाग्रीहरु सोमवार वितरण गरिएको छ ।

युए।सए.आई.डी.को प्राविधिक सहयोगमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत गोदावरी नगरपालिका वडा नं ३ मालाखेती स्थित ग्वाँसी माविलाई एक कार्यक्रमका विच उक्त शिक्षण सिकाई सामाग्री र सन्र्दभ सामाग्रीहरु वितरण गरिएको हो ।

उक्त विद्यालयमा प्रारम्भिक तहमा अध्ययन गर्ने १३४ जना विद्यार्थीहरुका लागि अभ्यास पुस्तिका १३४, शिक्षक निर्देशिका ३, विसंकेतन किताव, कथाका किताव २५२ वटा शिक्षण सिकाई सामाग्री र सन्र्दभ सामाग्रीहरु वितरण गरिएको थियो ।

उक्त सन्दर्भ सामाग्रीहरु शिक्षा विकास निर्देशनालयका उपसचिव चेतराज पन्त, शिक्षा विकास तथा समन्वय ईकाई कैलालीका प्रमुख विष्णु दत्त भट्ट, शाखा अधिकृत तथा राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रमका फोकल पर्सन प्रतापसिंह धामीले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टलाई हस्तान्तरण गरेका थिए ।

शैक्षिक सत्र २०७६ को बैशाख १५ भित्रमा कैलाली जिल्लाका ५६५ वटा सरकारी सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्मका प्रारम्भिक तहमा अध्ययनरत ३५ हजार ६ सय २४ जना विद्यार्थीहरुलाई १ लाख ४३ हजार ४ सय ७२ वटा शिक्षण सिकाई सामाग्री र सन्र्दभ सामाग्रीहरु वितरण गरिसक्ने योजना रहेको जिल्ला संयोजक उषा जोशीले जानकारी गराईन् ।

वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइका शाखा अधिकृत घुम्मन सिंह बडायक, गोदावरी नगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख सूर्य वहादुर सिँह, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक उषा जोशी, समा प्रिन्टर्स प्रालिका संयोजक भोजराज जोशी लगायतको सहभागिता रहेको थियो ।