महिला कैदीबन्दीलाई ब्यूटीपार्लर

धनगढी, ११ चैत । जिल्ला कारागार शाखा कैलालीका महिला कैदीवन्दीहरु सोमबार देखि ब्यूटीपार्लर तालिम सुरु गरिएको छ । धनगढी उप–महानगरपालिकाको सहयोगमा सुनौलो भबिष्य नेपालले ३ महिने ब्यूटीपार्लर तालिम सुरु गरेको हो ।

तालिमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले औपचारिक उद्घाटन गर्दै कानून हातमा लिएका कारण कुनैपनि ब्यक्तिले सजाय भोग्नु पर्ने अवस्था आउने बताए । यहाँबाट निस्केपछि समाजमा असल काम गरेर देखाउनु होस, त्यसका लागि नै उप–महानगरपालिकाले ब्यूटीपार्लर तालिमको आयोजना गरेको हो ।

नगरप्रमुख वडले बेरोजगारी र अभावका कारण समेत अपराध बढीरहेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले यस ब्यूटीपार्लर तालिमलाई अवसरको रुपमा लिन कैदीबन्दीहरुलाई आग्रह गरे । तपाईहरु तालिममा राम्रो संग सिप सिक्नु होस प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने,‘यसले तपाईलाई आत्मनिर्भर बनाउँछ ।

सुनौलो भबिष्य नेपालका अध्यक्ष तुलसी देबकोटाले तालिममा बढी भन्दा बढी समय दिन सहभागिहरु संग आग्रह गरिन । देवकोटाका अनुसार तालिममा जिल्ला कारागार शाखा कैलालीमा रहेका २४ जना कैलीवन्दी सहभागि रहेका छन् । ३४ जना महिला कैदीवन्दी रहेकोमा १० जनाको जेलको म्याद छोटो भएकाले सहभागि गराउन नसकिएको बताईन ।