नेकपाका सचेतक शान्ता चौधरी छोरीसंगै एसईई परिक्षामा सहभागी

धनगढी, १० चैत । आइतबारबाट सुरू भएको एसईई परीक्षामा नेकपाको सचेतक सांसद शान्ता चौधरी सहभागी भएका छन् । परीक्षामा देशभरका ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भइरहेका छन् ।

कमलरी हुँदै मूलधारको राजनीतिमा छुट्टै छवी बनाउन सफल शान्ता चौधरी दाङबाट परीक्षामा सहभागी भएकी छन् । पारिवारिक तथा सामाजिक कारणले अध्ययनबाट वञ्चित चौधरी महेन्द्र मावि, तुलसीपुरमा सञ्चालित खुला विद्यालयको परीक्षार्थी हुन् । उनको सिम्बल नं. ०५८८४५३ भी रहेको छ ।

संयोग कस्तो भने उनकै छोरी पनि यसै वर्ष परीक्षामा सामेल भइरहेकी छन् । तर, उनी भने काठमाडौंबाट परीक्षा दिइरहेकी छन् । उनको परीक्षा केन्द्र बाल सिर्जनालय बोर्डिङ स्कुल, बसुन्धरामा परेको छ ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।