धनगढीको पथरीमा होरी विशेष सांस्कृतिक कार्यक्रम

धनगढी, ९ चैत । धनगढी उप–महानगरपालिका वडा नं १७ ले आयोजना गरेको राना थारु समुदायको होरी बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

रानाथारु समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्यले वडा नं १७ पथरीमा होरी बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिकाले सबै जातजाती, भाषा र धर्म संस्कृतीलाई समान प्राथमिकता दिएको बताए ।

थारु, रानाथारु र पहाडी समुदायका संस्कृतीको संरक्षण गर्नका लागि उप–महानगरपालिकाले नै बजेटको ब्यबस्था गरेर कार्यक्रम आयोजना गर्ने गरेको बताए । उनले सबै जातजातीलाई संगसंगै लगेमात्रै हामीले चाहेको समृद्धि हात पर्ने बताए ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले रानाथारु समुदाय संस्कृतीको धनी समुदाय भएको बताईन । उनले भनिन, पुस्ता हस्तान्तरण गर्न नसके कुनैपनि संस्कृती लोप हुदै जान्छ ।

धनगढी उप–महानगरपालिकाका वडा नं १७ का अध्यक्ष माधव रानाले रानाथारुहरुको होली बिशेष किसिमको पर्व भएको बताए ।

रानाथारुहरु नेपालको भिन्न बिशेषता बोकेको समुदाय हो वडा अध्यक्ष रानाले भने, त्यस कारण पनि उप–महानगरले होली मनाउनका लागि रकमको ब्यबस्था गरेको हो । कार्यक्रममा राना थारुका होली नाचहरु प्रस्तुत गरिएका थिए ।