खैरानापुल नजिक मृत भेटिएका युवकको सनाखत

धनगढी, ३ चैत्र । गोदावरी नगरपालिका वडा नम्बर ४ मा मृत भेटिएका पुरुषको सनाखत भएको छ । मृत भेटिएका पुरुष बैतडीको दशरथ चन्द नगरपालिका २ का ४५ बर्सिया हर्क भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कञ्चनपुरको वाणीमा आफन्तलाई भेटेर घर फर्किने बेला उनी मृत फेला परेको कैलाली प्रहरीले जनाएको छ । शनिवार बिहान कैलालीको गोदावरी नगरपालिका– ४ पूर्व पश्चिम महेन्द्र राजमार्ग छेउ खैराना पुल नजिकै उनको सब फेला परेको थियो ।

कैलाली प्रहरीले उनको हत्या भएको यसअघि नै पुष्टि भएपनि घटनाको थप अनुसनधन भइरहेको प्रहरीले जनाएको छ ।