लगानी मैत्री बातावरण बनाउछौं : नगरप्रमुख

धनगढी, ३० फागुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीमा लगानी गर्न चाहनेहरुका लागि लगानी मैत्री वातारण बनाउन लागि परेको बताएका छन् ।

राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयले आयोजना गरेको डा. तुलसीराम जोशीको विदाई कार्यक्रममा बोल्दै नगरप्रमुख वडले सो कुरा बताएका हुन । धनगढी उप–महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन २०७४ ल्याईसकेको बताउदै नगरप्रमुख वडले भने,‘यसले बिदेशमा दुःख गरेर कमाएको पैशा स्वदेशमै लगानी गर्नका लागि वाताबरण बनेको छ ।

धनगढी उप–महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा केही आयोजनाहरु सुरु गर्न लागेको बताउदै नगरप्रमुख वडले भने,‘लगानीको सुरक्षा तथा लगानीको वतावरण बनाउने काम भैरहेको छ । यस प्रदेशबाट ठूलो संख्यामा यूवाहरु बहिर रहेको बताउदै नगरप्रमुख वडले भने,वातावरण बनेमा जो पनि आफ्नै देशमा लगानी लगाउन तयार हुन्छ ।

सार्वजनिक निजी साझेदारीमा काम गर्दा थोरै लगानी भएको ब्यक्ति समेत शेयर सदस्य बन्न सक्छ नगरप्रमुख वडले भने,सबै कुराका लागि माहोल बन्नुपर्छ । दानबिर तुलसीराम जोशीले यस क्षेत्रलाई नै ठूलो गुन लगाएको नगरप्रमुख वडले बताए ।

बझाङ्गमा जन्मीएका जोशीले धनगढीको उत्तरबेहणीमा रहेको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयलाई ७० लाख नगद सहयोग गरेका थिए । त्यसैगरी अन्य बिभिन्न संस्थाहरुलाई १० लाख भन्दा बढी सहयोग गरेका थिए ।