नेकपाको नेपाल बन्दः कैलाली लगायत विभिन्न ठाउँमा आगजनी, सभागृह अगाडि बम
धनगढी, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । विहानै कैलाली, कमवानपुरमा ट्रक, बस र ट्याक्टरमा आगजनी भएको छ ।
मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा राति एक ट्रकमाथि आगजनी गरिएको छ । त्यसैगरि कैलालीको घोडाघोडी नगरपालिकास्थि साडेपानीमा ट्रक, गौरीगंगा नगरपालिका बडैपुरर राजिनपुरमा एउटा बसमा तोडफोड र आगजनी भएको छ । उक्त ट्रक र बस अत्तरियातर्फ आईरहेको थिए ।
त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा जल्दै गरेको ट्याक्टरका आगो नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा आगजनी भएको छ । आगजनीका कारण ट्रक पूरै जलेको छ ।
यसैबीच पोखराको सभागृह नजिकै बम भेटिएको छ । सभागृह चोकमा बिहीबार बिहानै बम जस्तो बस्तु भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयल जनाएको छ ।
त्यस्तै हेटौंडा औद्योगिक क्षेत्र नजिकै बम भेटिएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै रहेको औद्योगिक क्षेत्रमा बमको हल्लाले त्रास फैलिएको थियो । प्रहरीका अनुसार निलो प्लाष्टिकमा बेरेको अवस्थामा बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको थियो । नेपाली सेनाले डिस्पोज गरेको थियो ।













