अधिकारबाट कोहीपनि बञ्चित हनु हुँदैन : उप-प्रमुख कडायत
धनगढी, २९ फागुन । कैलालीको गोदावरी नगरपालिकामा पारालिगल समितिका सदस्यहरुको लागि दक्षता अभिबृद्धि तालिम गोदाबरी गनरपालिकाका उप प्रमुख रत्ना कडायतले अधिकारबाट केहीपनि बञ्चित नहुन आग्रह गरिन् । तीन दिने तालिमको समापन कार्यक्रममा उनले यस्तो आग्रह गरेकी हुन् ।
नगर उप प्रमुख रत्ना कडायतले नगरपालिका भित्र वा बाहिरका महिलाहरुको हक अधिकार र न्यायका निम्ती कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता समे जाहेर गरिन्
दलित महिला अधिकार मञ्चकी संस्थापक तथा निर्देशिका सविता घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिका गरी २४ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षण न्याय अधिवक्ता पुष्प विक्रम शाहले गरेका थिए ।
उक्त तालिम दलित अधिकार मञ्चको आयोजनामा भएको हो । सो तालिमको ओएएफ को सहयोगमा संचालन गरिएको थियो साथै उक्त सम्पन्न कार्यक्रमको संचालिका निर्मला विशीले गरेकी थिईन ।













