जनप्रतिनिधिका लागि लैगिंक समानता सम्बन्धी तीन दिने तालिम
धनगढी, २९ फागुन । न्यायिक समिति तथा स्थानीय जनप्रतिनिधिका लागि लैगिंक समानता र सामाजिक न्याय विषयक तीन दिने तालिम धनगढीमा सुरु भएको छ।
महिला पुनस्थापना केन्द्र(ओरेक),पलान इन्टरनेशनल नेपालको आयोजना तथा गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिको समन्वयमा तीन दिने तालिमको आयोजना गरेको हो।
तालिममा गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाका न्यायिक समितिका संयोजक तथा सदस्य,वडा अध्क्षय र सामाजिक विकास शाखाका कर्मचारी गरी २८ जनाको सहभागिता रहेको छ ।
न्यायिक समिति तथा स्थानीय जनप्रतिनीधिहरुलाई लैगिंक समानता र सामाजिक न्यायको अवधारणाका बारेमा स्पष्टता ल्याई,स्थानीय तहमा लैगिंक समानता र सबैले न्यायको अनुभुत गरेको वातावरण सिर्जनाका लागि उनीहरुको भूमिका सुदृढीकरण गर्नका लागि सहजीकरण गर्ने तालिमको आयोजना गरीएको ओरेक नेपालका संजिता तिम्सिनाले बताईन्।
तालिममा अधिवक्ता बिन्द्रा महर्जन र ओरेकका संजिता तिम्सिनाले सहजिकरण गरेका छन्। तीन दिने तालिममा लैगिंक विभेदमा आधारित हिंसा एक विकास समस्या,हिंसाका कारणहरु,लैगिंक समानता कायम गर्न नेपाल सरकारबाट भएका अन्तराष्ट्रिय प्रतिबद्धता लगायतका विषयमा छलफल हुने छ।













