‘परम्परागत सोचले छाउपडी प्रथा हट्दैन’

धनगढी, २७ फागुन । सुदूरपश्चिम प्रदेशमा कु–प्रथाको रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा हटाउन समन्वय आवश्यक रहेको एक कार्यक्रममा जोड दिएका छन् ।

जिल्ला समन्वय समिति कैलालीको आयोजना तथा फाया नेपालको सहयोगमा आयोजना भएको कार्यक्रममा क्रियाशील पत्रकार महिला, ओरेक नेपाल, दलित महिला अधिकार मञ्च नेपाल लगायतका संस्थाले समन्वय तथा सहकार्यमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. विन्द्रा पाण्डे सुदूरपश्चिम प्रदेशमा मात्रै नभएर देशका धेरै ठाउँमा छाउपडी प्रथा कायमै रहेको बताए । यो प्रथालाई हटाउन समन्वय गरेर जान अति आवश्यक रहेको उनले बताए । यनले भने २०७६ सालमा छाउगोठ मुक्त अभियान सञ्चालन गरि कैलालीबाटै अभियान शुरु गर्न आग्रह समेत गरे ।

यो प्रथाको कारण महिला हिंसा बढ्दै जानु मात्रै होईन धेरैको अकालमै ज्यान गइसकेको बताउदै जनजागरण अभियान सञ्चालन गर्न आग्रह समेत गरे ।

कैलारी गाउँपालिकाको अध्यक्ष लाजुराम चौधरी परम्परागत सोचले छाउपडी प्रथा नहट्ने बताए । कैलारी गाउँपालिकामा छुवाछुट मुक्त घोषणाको अभियान सञ्चालन भईरहेको उनले बताए । छाउगोठ कुनै वडामा रहेको सुनिएकोले अनुगमन गर्दै जाँदा कौलारी गाउँपालिकामा छाउगोठ नभेटिएको बताए ।

थारु बाहेक गैरथारुमा यो प्रथा मन्ने समस्या रहेकोले हटाउने अभियानमा लागि परेको अध्यक्ष चौधरी बताए ।

बर्दगोरिया गाउँपालिलकाको न्यायिक समिति संयोजक तथा उपप्रमुख भगवती डगौंराले थारु समुदायमा छाउपडी प्रथा नमान्ने चलन आफूलाई गौरब महशुस भईरहेको बताईन् ।

गौरीगंगा नगरपालिकाको प्रमुृख भीम बहादुर देउवा छाउगोठ नभएपनि प्रथा कायमै रहेको बताए । गौरीगंगा नपामा कुसंस्कारलाई बढवा दिनेहरुलाई सरकारी सेवाबाट बन्चित गर्ने नीति ल्याउन सके जातीय छुवाछुट, भेदभाव र छाउ प्रथा आफै हटेर जाने बताए ।

फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठक सुदूरपश्चिम प्रदेश छाउपडी प्रदेशको रुपमा अपहेलित हुदै आएको बताए । धेरै ठाउँमा छाउगोठ भत्केपनि भन्छा र देवथान कोठामा नगएर छाउपडी मन्ने चलन भने कायमै रहेको बताए ।

जिल्ला समन्वय समिति कैलालीको सभापति सुर्य बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा समापन उप–सभापति सुन्दरीदेवी चौधरीले गरेकी थिईन्