सञ्चारमाध्यममा लैंगिक सहभागिताका लागि पदयात्रा (फोटो फिचर)

धनगढी, २४ फागुन । १०९ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८)को अवसरमा बिहीबार पदयात्रा गरिएको छ ।

दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, नेपाल वातावरण पत्रकार समूह, क्रियाशील पत्रकार महिला र फ्रिडम फोरम लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाको आयोजनामा चौराहादेखि सामाजिक विकास मन्त्रालय सम्म पदयात्रा गरिएको हो।

सञ्चारमाध्यम भित्र र सञ्चारमाध्यममार्फत सबैतिर महिला सहभागितालाई प्राथमिकता दिइ सहभागिता बढाउन दबाब दिने उद्देश्यले पदयात्रा गरिएको आयोजकले जनाएकोे छ । महिला हिंसा अन्त्यका लागि महिलाले मात्रै उठाएको आवाज कमजोर भएकाले पुरुषको संलग्नता जरुरी रहेको महिला अधिकारकर्मीहरूले बताएका छन्।

पुरुषहरूलाई पनि बराबरी हिस्सेदारी बनाउन र महिला अधिकार मानव अधिकार हो भन्ने कुरामा पुरुषहरूको ऐक्यवद्धताका लागि पदयात्रा सन् २०१४ मा सुरु गरिएको हो। अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसमा यस वर्षको नारा ‘लैगिंक समानताका लागि समान सोच, व्यवहार समृद्धिको आधार’ रहेको थियो । अन्तर्रा्ष्ट्रिय महिला दिवस प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाइन्छ ।

पदयात्रमा कमैया प्रथा उन्मूलन समाज, दलित महिला अधिकार मञ्च, ओरेक नेपाल, माईति नेपाल, इन्सेक, एडजस्ट नेपाल, मानब अधिकारको लागि महिला एकल महिला, फेडो, संकल्प नेपाल, फाया नेपाल, नारी उत्थान मञ्च लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहभागिता रहेको थियो ।