पत्रकार कुँवर एनपिस अवार्डबाट पुरस्कृत
धनगढी, २२ फागुन । सुदूरपश्मि प्रदेशका चर्चित पत्रकार लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत भएकी छन् । २०६० सालदेखि पत्रकारितामा सक्रिय कुँवर यूएनडीपीको एनपिस नेटवर्कले थाइल्यान्डमा आयोजना गरेको कार्यक्रममा पुरस्कृत गरिएको हो ।
पत्रकारिताको माध्यमबाट लैङ्गिक समानताको पक्षमा निरन्तरत कलम चलाएको भन्दै नेटवर्कले उनलाई पुरस्कृत गरेको यूएनडीपीले जनाएको छ । पत्रकार कुवरलाई अभियन्ता राधा पौडेलले एनपिस अवार्डको ‘अनटोल्ड स्टोरी’ विधामा कुँवरलाई मनोनीत गरेकी थिइन् ।
यो विधामा नेपालबाट अन्य तीनजना महिलाहरू पनि मनोनीत भएका थिए । मनोनयनमा परेका मध्ये सबैभन्दा बढी मत ल्याउनेलाई यो अवार्ड प्रदान गरिन्छ ।
यूएनडीपीले शान्ति स्थापना र लैङ्गिक समानता लागि काम गर्ने एसिया अन्तर्गत सात देशका अभियन्ता र संस्थालाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।
यस्तै सोही कार्यक्रममा नेपाल , फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार इन्डोनेसियाबाट बिजेता सस्था र अभियन्ताहरुलाई पनि अवार्ड वितरण गरियो ।

त्यसै गरि मुक्त कमैया महिला बिकास मञ्च कैलालीलाई पनि एन. पि.स अवार्ड २०१८ वाट थाइलेण्डको राजधानी बैंककमा सम्मानित गरिएको छ ।
संस्थाले मुक्त कमैया महिला, कमलहरीहरुको उद्धार पुनस्थापना र सचेतीकरण, महिला हिंसा न्युनीकरणमा सहयोग गरेवाफत यो सम्मान प्राप्त गरेको हो । साउथ एसिया पेसिफिक क्षेत्रवाट सम्मान गरिएको छ ।














