टिकापुरमा अर्को बिद्रोह नहोला भन्न सकिन्न : राजेन्द्र महतो
कैलाली, २२ फागुन । टीकापुर घटनाको फैसलामा जिल्ला अदालत कैलालीले रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टी, नेपाल भित्र ठुलो डरार परेको छ ।
बुधबार भएको फैसलाप्रति ध्यानाकार्षण गराउदै राजपाले टीकापुरमा पुनः अर्को विद्रोह हुने चेतावनी समेत दिएको छ । पार्टीका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला मान्य नहुने बताएका हुन ।
सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ को प्रकाष्ट भएको टिप्पणी गर्दै उनले त्यसविरूद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरू गर्ने घोषणा गरेका समेत बताएका छन् ।
‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ ? यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरू हुनेछ अर्को टिकापुर बिद्रोह नहोला भन्न सकिदैन महतोले यस्तो आक्रोश पोखे ।
नेता महतोले पार्टीका सांसद चौधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय सुनाइएन ? भन्दै प्रतिप्रश्न गर्दै अदालतको फैसलाप्रति आपत्ति जनाएका थिए ।













