‘तर्कपूर्ण संवाद गर्न सके मात्र अधिकार प्राप्त हुन्छ’

पाँच दिने रिफ्लेक्ट तालिम सम्पन्न

धनगढी, २१ फागुन । पाउलो फ्रेरेको सिद्धान्त र रोबर्ट च्याम्बरको पी.आर.ए. औजारको संयोजनबाट बनेको रिलेक्टमा आधारित सामाजिक रुपान्तरणको लागि सहजकर्ताहरुको प्रशिक्षक प्रशिक्षण ५ दिने आवाशिय तालिम सम्पन्न भएको छ । क्रिस्चियन एडको आर्थिक सहयोगमा कमैया प्रथा उन्मूलन सामाजले आयोजना गरेको सामाजिक रुपान्तरण गर्न रिफ्लेक्टमा आधारित सहजकर्ताको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको हो ।

तालिमका प्रशिक्षिक सोनालाल चौधरीले समुदायमा रहेर काम गर्ने अभियानकर्ताहरु सवाल पहिचान गरि तथ्य सहितको कारण देखाई परिवर्तनको वकालत गर्नुपर्नेमा जोड दएका थिए ।

?

उनले तालिमलाई सहजिकरण गर्दै भने ‘संस्थाले जहिले समुदायमा छिट्टै परिवर्तन गर्न सक्ने कलात्मक विधीको सृजर्ना गरि कार्यक्रम तय गर्नुपर्छ जसले गर्दा समुदाय छिट्टै उत्पे्ररित हुन्छन् र अभियानले सार्थकता पाउँछ ।’

उनले अभियान सञ्चालन गर्दा समुदायको ईच्छा, शक्ति र चाहनालाई आधार मानेर सवालको प्राथमिकिकरण गर्न सहजकर्ता जहिले चनाखो हुनुपर्ने बताउदै सहजकर्ताले समुदायलाई नेतृत्वदायी भूमिकामा जिम्मेवार बनाउन उसको सृर्जनात्मक शक्तिलाई हत्तोत्साहित नगर्न आग्रह गरे ।

?

सहजकर्ताले समुदायलाई आफूतिर आकार्षित गर्न तर्कपूर्ण उखान, तुक्का, कविता, मुक्तक सुनाएर विषयबस्तु तिर केन्द्रीत गर्नुका साथै उनीहरुको प्रतिभालाई बाहिर ल्याउन हौसलामूखि टिप्स् दिन पुर्व तयारी हुनुपर्ने बताए ।

प्रशिक्षक चौधरीले तालिममा सहजकर्ताले समुदाय स्तरको सवालहरु छनौट गर्ने विधी, सवाललाई प्राथमिकिकरण गर्ने सूचक, सुचना संकलन तरिका, र रिफ्लेक्ट केन्द्रको ईतिहासबारे जानकारी गराएका थिए ।

कमैया प्रथा उन्मूलन समाजका सचिब महंगुराम चौधरीले २० वर्षदेखि कमैया मुक्ति आन्दोलनमा लागेको बताउदै “बोलेर हुदैन, तर्कपूर्ण संवाद गर्न सके मात्र अधिकार पाइन्छ।” भन्ने कुराले हृदयमा छोएको बताए । “अब असल संस्कृतिलाई जोगाउने र विकृतिलाई भत्काउने अभियानले मात्र कमैयाको मुक्ति हुन्छ” जसले गर्दा सहि समुदायको सोच परिवर्तन गर्न अभियान थाल्नैपर्ने बताउए ।

साना गल्तीको ख्याल नगर्दा अभियानमा असफलत ब्यहोर्नु पर्ने सिकाइ भएको मीना चौधरीले बताईन् । उनले अब नेतृत्वदायी भूमिका खेल्न अग्रसर हुनेपर्ने बताईन् ।

?

सहभागी विनोद चौधरीले हरेक मान्छेमा ज्ञान र क्षमता हुन्छ तर प्रतिभा देखाउनेहरुको खाँचो भईरहेको बताए । उनले सिर्जनशील भई काम गर्दा क्षमतामा निखार आउनुका साथै गन्तव्यमा पुग्न सकिने सीकाई भएको बताए । साक्षर व्यक्तिले मात्र विकास गर्न सक्छन् भन्ने छैन निरक्षरहरुले पनि दिईरहेको योगदानको कदर गर्न सक्नुपर्ने उनको भनाई थियो ।

तालिममा रेखा चौधरीले जीवनको हरेक कदममा कामलाई प्राथमिकता र समयलाई व्यवस्थापन गर्न सके सार्थकता पाउछ भन्ने पाठ सिकेकोमा खुशी व्यक्त गरिन् ।

?

कमैया प्रथा उन्मूलन समाजका अध्यक्ष बसन्ती चौधरीले “तालिम लिए पनि नयाँ विधि र नौलो प्रशिक्षण शैली, गहकिलो शब्दहरुले सोच नै परिवर्तन भयो । रिफ्लेक्ट मोडेल वास्तवमै सहभागीहरुलाई उत्प्रेरित गरी भावि दिनमा मुक्त कमैयाहरुको पुनःस्र्थापना गर्नमा अभियानले सार्थकता पाउनेछ।”

साथै तालिमको समापनमा बोल्दै प्रशिक्षक सोनालाल चौधरीले सामाजसेवा यस्तो क्षेत्र हो, जहाँ विना इन्जिनियर ईतिहास खडा गर्न सकिन्छ। “समाजसेवीहरु आधारभूत श्रमदान, योगदान, अनुदान त्याग र बलिदान दिन नसक्नेहरु नक्कली समाजसेवाको नाममा देशभित्र विकृति फैलाइ रहेको छ।” निस्वार्थ भावले लगनशिल, इमानदार भएर समाज र देश विकासमा प्रत्याभूति दिन सक्नेहरु नै देशका असल्ली योद्धा रहेको बताए ।