‘अंश दिने डरले बिवाह दर्ता गर्दैनन्’

धनगढी, २१ फागुन । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा न्यायीक समितिका संयोजक सुशिला मिश्र भट्टले बेलैमा घटनादर्ता नहुदा न्याय सम्पादनमा कठिनाई भैरहेको बताएका छन् ।

धनगढी उप–महानगरपालिकाको न्यायीक समितिले आयोजना गरेको घटनादर्ता सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टले सबैभन्दा बढी समस्या बिबहदर्ताको रहेको बताएका हुन् । न्यायीक समितिको संयोजक भएर काम गर्दा बुहारीले अंश दिने डरले बिवाह दर्ता नगरिदिएको बताउदै उप–प्रमुख भट्टले भनिन् ‘बिवाह दर्ता नगर्नमा परिवारका अन्य सदस्यको समेत संलग्नता देखिन्छ ।’

उप–प्रमुख भट्टले बिवाह दर्ता नभएका कारण छोराछोरीहरुको जन्मदर्ता हुन नसकेको बताए । उनले घटनादर्तालाई यस पालीको महिला दिवसमा अभियानकै रुपमा संचालन गर्नुपर्ने बताए । उनले सबैभन्दा बढी समस्या प्रेम बिवाह, बाल बिवाह र अन्तरजातीय विबाह गर्नेहरु समस्यामा रहेको बताईन । न्यायीक समितिले घटनादर्ता नभएका कारण झेल्नु परेका समस्याहरुको निराकरण खोज्नका लागि कानुन ब्यावसायी र वडा अध्यक्ष संग अन्तरक्रिया गर्नुपरेको उप–प्रमुख भट्टको भनाई छ ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले घटनादर्ताका बारेमा सर्वसाधारणलाई जानकारी गराउन वडा अध्यक्षहरुलाई निर्देशन दिए । उनले भने, सबै नागरिकले यस बारेमा नबुझेका हुन सक्दछन् नगरप्रमुख वडले भने, बुझाउने काम जनप्रतिनिधीहरुको हो ।”
कानुन ब्यावसायी जुहारीलाल चौधरीले मुलुकी देवानी संहिता र घटना दर्ता ऐन बिच तालमेल नभएकाले सर्बसाधारण दुःख पाईरहेको बताए । उनले भने यो देशब्यापी समस्या भैसकेको छ । अर्का कानुन ब्यावसायी प्रयागराज भट्टले सबै कुरा कानुनमा टेकेर भन्दा पनि थोरै ब्यावहारीक भएर काम गर्दा समस्याहल हुन सक्ने बताए । उनले भने,‘वडा र स्थानीयको मुचुल्का अनुसार पनि काम गर्न सकिन्छ ।