हेलिकोप्टर दुर्घटना मन्त्री अधिकारीसहित सात जनाको मृत्यू

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सवार सात जनाकै मृत्यु भएको पुष्टि भएको छ ।

पाइलटसहित सात जना बोकेर बुधबार काठमाडौंबाट उठेको हेलिकोप्टर ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा दुर्घटना भएको थियो ।

तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलकोन सकेपछि ताप्लेजुङ पुगेका थिए ।

दुर्घटनामा ज्यान गुमाउनेहरु

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी