कमैया प्रथा उन्मुलन समाजद्धारा मुक्त कमैया शिविरमा तरकारीको वीउ वितरण
धनगढी, १५ फागुन । कमैया प्रथा उन्मुलन समाजले धनगढी उप–महानगरपालिका वडा नं. १७ उर्मा स्थित मिलनपुर मुक्त कमैया शिविरमा तरकारीको वीउ वितरण गरेको छ ।
मुक्त कमैयाहरुको दीगोजिविकोपार्जनको लागि क्रिसियन एड नेपालको आर्थिक सहयोगमा तरकारीको वीउ वितरण गरिएको हो ।
कमैया प्रथा उन्मुलन समाजको वकालत तथा अनुगमन अधिकृत रामचन्द्र चौधरीले मिलनपुर मुक्त कमैया शिविर धनगढी बजार नजिक रहेकोले उहाँहरुलाई तरकारी खेतिमा सहयोग गरेको बताए ।

तरकारी उब्जनी भएपछि विक्री वितरण गर्न सजिलो र भरपर्दो रहेकोले यहाँका मुक्त कमैयाहरुलाई थोरै भएपनि तरकारीको विउ वितरण गरेको जानकारी दिए ।
मुक्त कमैयाहरुसंग जमिन थोरै भएकोले उनीहरुलाई प्रति परिवार एक कठ्ठामा तरकारी खेति अनिवार्यरुपले गर्नुपर्ने उदेश्यका साथ लौका, भिन्डी, करेला, काक्रो र बोडीको बीउ ४८ घरधुरीलाई वितरण गरेको हो । कमैया प्रथा उन्मुलन समाजका उपाध्यक्ष बर्खुप्रसाद चौधरीले सो वीउ वितरण गरेका हुन् ।
मुक्त कमैया शिविरमा पुरुष कामको सिलशिलामा प्रया घर बाहिर रहेकोले घर चलाउने काम सबै महिलाहरुको जिम्मेवारी हुने गरेको उपाध्यक्ष चौधरीको भनाई छ । एक कठठमा रोपेको तरकारी खानालाईपनि पुग्ने र बचेको तरकारी विक्री गरि घरखर्च चलाउन सजिलो हुने विश्वा रहेको बताए ।













