सिकलसेल विरामीहरुको चाप बढ्दै, राज्यबाट पाउनुपर्ने सेवा न्यून भएको गुनासो

धनगढी, १४ फागुन । सुदूरपश्चिम प्रदेशको सबै भन्दा ठूलो अस्पताल सेतिअञ्चल अस्पतालमा सिकलसेल एनिमिया रक्त अल्पताका विरामीहरुको चाप बढ्दै गईरहेको बताइएको छ ।

सिकलसेल नेपालका अध्यक्ष सुरज कुमार कठरियाले सेति अञ्चल अस्पतालमा मात्रै डाईग्नोसिस् गराई उपचाररत रहेका ५ सय जना विरामी रहेको बताए । त्यसैगरि घोडाघोडी नगरपालिका सुख्खड स्थित घोडाघोडी अस्पतालमा २ सय जना विरामी उपचाररत हरेको बताए ।

नेपाल सरकारले सिकलसेल जाँच निशुल्क हुन्छ भन्दै प्रचार प्रसार गर्दै आइएरहेपनि सो जाँच गरे बाफत रु एक हजार रुपैया तिनुपर्ने बाध्यता रहेको अध्यक्ष कठरियाले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले सिकलसेलको लागि एक करोड ६० लाख रुपैया बजेट विनियोन गरेको छ । तर सो रकम कसरी, कहिले र कस्तो अवस्थामा खर्च भईरहेको छ भन्ने सवालमा सिकेलसेल विरामीहरु मंगलबार सामाजिक विकस मन्त्रालयमा बुझ्न आएका थिए ।

सुदूरपश्चिम प्रदेशमा हाल सम्म कैलाली र कञ्चनपुरमा बासोबास गर्ने थारु समुदायलाई मात्रै रोग देखापरेको बताउदै अध्यक्ष कठरियाले टीकापुर अस्पताल, घोडाघोडी अस्पताल, सेतिअञ्चल अस्पताल र महेन्द्रनगर अस्पताललाई सुचिकृत गरि प्रभावकारी सेवा उपलब्ध गराउन माग गरे ।

सिकलसेल विरामीहरुको भनाई अनुसार सिकलसेल देखापरिसकेका विरामीहरु आजिवन नियमित औषधी खानुपर्ने, अरु रोगपनि छिट्टै आक्रमण गर्ने र औषधी उपचारपनि एकदमै महंगो भएकोले सरकारले दिने एक लाख रुपैयाँ अपुग भईरहेको बताए ।

उता प्रदेश सरकारले विनियोजन गरेको बजेट मध्ये पहिलो चौमासिक, दोस्रो चौमासिक र तेस्रो चौमासिक गरि एक करोड ५० लाख रुपैया विभिन्न शिर्षकमा खर्च गर्ने बताएको छ । सामाजिक विकास मन्त्रालय मार्फत सिकलसेल एनिमियाको निशुल्क चाँज, उपचार सेवा, व्यवस्थापन उपकरण र मेसिनरी खरिद भन्ने शिर्षक एक मुस्त बजेट रहेको मन्त्रलयको तथ्यांक छ । साथै १० लाख रुपैयाँ भैपरि आउनेमा खर्च गर्ने बताइएको छ ।

सिकलसेल विरामी जाँचको लागि केही वर्ष अगाडीदेखि नै सेति अञ्चल अस्पताल सुचिकृतमा परेको छ । सो अस्पतालमा सिलकसेल रोग परिक्षणको लागि थुप्रै मेसिनरीहरुपनि छन् तर उपचार प्रभावकारी नभएको विरामीहरुको गुनासो छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले प्रदेश सरकारले छुट्टयाको बजेट कम भएपनि शुरुवाट गरेको बताए । उनले आउदो वर्ष पुग्ने बजेट विनियोजन गर्ने अश्वासन दिए ।