द्धन्द्ध प्रभावित महिलाहरुलाई सीपको खाँचो

धनगढी, ११ फागुन । शसस्त्र द्धन्द्धको बेला पीडित भएका महिलाहरुलाई सीपको खाँचो रहेको बताएका छन् ।

संक्रमकालिन न्याय, मेलमिलाप तथा द्धन्द्ध समाधानका लागि जिल्ला संवाद र नारी उत्थान मञ्चको संयूक्त आयोजनामा भएको छलफल कार्यक्रममा महिलाहरुले स्थानीय तथा प्रदेश सरकारसंग सीपमूलक तालिम माग गरेका हुन् ।

द्धन्द्धको बेला पीडित भएका धेरै महिला सरकारबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित रहेको बताउदै उनीहरुलाई राहतसंगै सीपमूलक तालिम उपलब्ध गराउन नारी उत्थान मञ्चका अध्यक्ष निर्मला बाग्चन्दले बताईन् ।

सरकारले केही द्धन्द्ध प्रभावितहरुलाई बेला बेला राहत स्वरुप विभिन्न प्याकेज ल्याएपनि सो प्याकेजको उपलब्धी न्यून देखिएको बताईन् । द्धन्द्ध प्रभावितहरुलाई आर्थिकरुपले सवल बनाउन दीगोरुपले व्यवस्थापन हुन सक्ने सीप उपलब्ध गराउन आग्रह गरे ।

छलफल कार्यक्रममा संक्रमकालिन न्याय, मेलमिलाप तथा द्धन्द्ध समाधानका लागि जिल्ला संवादका संयोजक डा. जानकी तुलाधरले सूचना अभाव होस् या पहुच नपुगेरै होस् अझपनि दुरदराजमा द्धन्द्ध पीडितहरु राहतबाट बञ्चित रहेको बताईन् ।

द्धन्द्धको बेला यौन हिंसा खेप्दै आएका धेरै महिलाहरुलाई राज्यले कुनै खालको सम्बोधन गर्न नसकेको बताईन् । हिंसाको पहिचान नै नखुलेका महिलाहरुलाई आत्मानिर्भर सीप सिकाएर दिगोरुपले व्यवस्थापन राज्यलाई ध्यानाकर्षण गराईन् ।

बेला सबै भन्दा बढि महिला तथा बालबालिकाहरु पीडित भएका थिए । छलफलमा द्धन्द्ध प्रभावित महिलाहरुको सहभागिता रहेको थियो ।