विकास निर्माणकोलागि वित्त पत्रकारिताको आवश्यक
धनगढी, ११ फागुन । सुदूरपश्चिम प्रदेशको विकास निर्माणको वित्त पत्रकारिताको आवश्यक रहेको बक्ताहरुको भनाई छ । नेपाल पर्यटन पत्रकार महासंघ कैलालीको जिल्ला अबिधेशनको उद्घाटन समारोहमा वक्ताहरुले सो कुरा बताएका हुन् ।
नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्तप्रताप सिंहले देश संघियतामा गईसकेपछि प्रदेश तथा स्थानीय स्तरमा रहेर पत्रकारिता गरिहेका कलम जिविहरुको पुरानै शैलीले प्रदेशको विकास हुन नसक्ने बताए । प्रदेशको आर्थिक आयास्रोत वृद्धिगर्न पर्यटन विकास तथा प्रर्वधन हुन जरुरी रहेको बताउदै पर्यटन पत्रकार महासंघमा आवद्ध भएका कलम जिविहरुलाई पर्यटन वित्त बनाउन आग्रह समेत गरे ।
त्यसैगरि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भरत शााहले विगतको पत्रकारिताले कलम जिविहरुको क्षमता अभिबृद्धिमा अवरोध हुने सम्भावना देखिएको बताए । केन्द्रमा रहेका पत्रकारिता गरिरहेको शैली स्थानीय स्तर सम्म अपनाउन जरुरी रहेको बताउदै हरेक पत्रकारिता गरिरहेका पत्रकारहरुले आफूलाई रुचाएको क्षेत्रलाई वित्त पत्रकारितामा विकास गर्न आवश्यक रहेको बताए ।
त्यसैगरि क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिब तथा क्रियाशील पत्रकार महिला जिल्ला अध्यक्ष उन्नती चौधरीले पछिल्लो अवस्थामा स्थानीय स्तरमा रहेर कलम चलाउने श्रमजीविहरु वित्तमा रहेर कमल चलाईरहेको बताईन् । उनले आफ्नो वित्तलाई बलियो बनाउन सवाल पहिचान गर्न आवश्यक रहेको बताइन् ।
देश पर्यटन भ्रमण वर्ष मनाई रहेको बेला सुदूरपश्चिममा रहेको पर्यटकीय क्षेत्रको पहिचान, हरेक जातजाती, समुदाय, वर्गको संस्कृति, खानपिन, भेषभुषाको बारेमा पनि कलम चलाउन जरुरी रहेको बताईन् ।
सुदूपश्चिममा पर्यटकिय गन्तव्य थुप्रै रहेपनि आन्तरिक पर्यटक न्यून रहेकोले यो क्षेत्रमा पर्यटक भित्रियाउनको लागि पत्रकारहरुको अहम भूमिका रहेको पनि बताइन् ।
त्यसै गरि फोनिज कैलालीका अध्यक्ष लखन चौधरीले पर्यटनलाई आर्थिकसंग जोडेर कलम चलाउन सके सुदूरपपश्चिमको आर्थिक विकास हुने बताए । उनले पर्यटन वित्त बनाएका कलम जिविहरुको लेखाईमा निखारता ल्याउन पर्यटन महासंघकोपनि ठूलो भूमिका रहेको बताए ।
अध्यक्षमा भिम चौधरी निर्विरोध
नेपाल पर्यटन पत्रकार महासंघको जिल्ला अध्यक्षमा जनता टेलिभिजन सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख भिम चौधरी निर्विरोध भएकाछन् ।
शनिबार धनगढीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध चनय भएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा रन्जित लामा र महिला उपाध्यक्षमा ईन्द्रा के.सी. निर्विरोध चयन हुनुभएको छ ।
यसरी नै सचिवमा शेरबहादुर ऐर, सह–सचिवमा कैलाश जोशी र विवेक नागरी र कोषाध्यक्षमा सबिता बूढा चयन भएका छन् । सदस्यहरुमा हेमराज भट्ट, संगीता खड्का, प्रिन्स बिक, नरेन्द्र चौधरी, घनश्याम पौडेल र तेज बोहोरा चयन भएका छन् ।














