प्रदेश सांसद रानाद्धारा टीकापुर घटना राजबन्दीको रिहाइको माग

धनगढी, ९ फागुन । राष्ट्रिय जनता पार्टी ९राजपा० बाट सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद् मालामति राना थारुले टीकापुर घटनाका राजबन्दीहरुको रिहाईको माग गरेका छन् । रानाले विभिन्न पाँच बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार ज्ञपनपत्र बुझाएकी थिइन् ।

उनले टीकापुर घटनाको अभियोगमा गिरफ्तार गरिएका सांसद् रेशम चौधरीलगायत २६ जनाको रिहाइको माग गरेकी छिन् । यसैगरी, सुदूरपश्चिम प्रदेशका जनजाती राना थारुलाई आदिवासी जनजातीमा सूचीकृत गर्नु पर्ने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको अविलम्ब उचित बसोबासको व्यवस्था गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

सांसद राना थारुले अव्यवस्थित बसोबासको व्यवस्थापनको लागि अविलम्ब आयोग गठन गर्नु पर्ने र छुट भएका मुक्त कमैयालाई परिचयपत्र र जग्गाको व्यवस्था गर्नु पर्ने मागसहित ज्ञापनपत्र बुझाएकी छिन् ।