सुदूरपश्चिम प्रदेशमा जातिय छुवाछुत लगायतका विकृति हटाऊ अभियानको आवश्यक : प्रधानमन्त्री वली

धनगढी, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उनले यस प्रदेशमा रहेको छाउपडी प्रथा, जातिय छुवाछुत लगायतका विभिन्न विकृति र विसंगति हटाउन प्रदेश स्तरीय अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए ।

आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता खाले प्रथा, कुप्रथा न्यूनिकरण गर्न अभियान चलाउनुपर्ने बताए ।
कार्यक्रममालाई सम्बोधन गदैए सुदूरपश्चिम प्रदेशको नाम र राजधानीको सवालमा बैज्ञानिक रहेका बताए । भौतिक संरचना निर्माण र कार्यालय व्यवस्थापन खर्चको जोहो गर्न आम्दानीको स्रोत जुटाउन तर्फ ध्यान दिन आग्रह गर्दै राजधानीका विषयमा विरोध नगर्न आग्रह समेत गरे ।

प्रदेशको राजधानी त सार्नै पर्छ । ‘गोदावरी राजधानी उपयूक्त हो । तर, खर्च त धुमधाम लाग्छ’ प्रधानमन्त्री ओलीले प्रदेशको आयस्रोत बढाउन यहाँको जलस्रोत, प्राकृतिक सम्पदाको उपयूक्त सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा अन्नको उत्पादनमा उपयूक्त, वन, जंगल, तालतलैया, धार्मीक स्थल, पर्यटकिय स्थल लगायत थुप्रै आम्दानीका स्रोत रहेको बताउदै प्रदेश सरकारले यसको सहि सदुपयोग गर्न स्पष्ट नीति, कार्ययोजना बनाउनुपर्ने निर्देशन दिए । यसमा संघीय सरकारले पनि आवश्यक सहयोग र समन्वय गर्नुपर्ने बताए ।