संक्रमकालिन न्याय, मेलमिलाप तथा द्धन्द्ध समाधानका लागि जिल्ला संवाद
धनगढी, ८ फागुन । संक्रमकालिन न्याय, मेलमिलाप तथा द्धन्द्ध समाधानका लागि जिल्ला संवादमा द्धन्द्ध पीडित महिलाहरुको प्रजन्न स्वास्थ्य समस्या जटिल भएकोले स्थानीय सरकार गम्भिरतापूर्वक काम गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा सेती अञ्चल अस्पताका शाखा अधिकृत खगेन्द्र मल्लको प्रमुख आतिथ्यतामा भएको सो संवादमा द्धन्द्ध पीडित महिलाहरुले प्रजन्न स्वास्थ्यको बारेमा खुलेर बहस गरेका थिए ।

छलफलमा आएको सवाललाई मध्ये नजर गर्दै धनगढी उप महानगरपालिका न्यायक समितिका सदस्य रत्न विष्टले नगरपालिका यो वर्ष ३ प्रतिशत रकम महिलाहरुको प्रजनन स्वास्थयमा खर्च गर्ने भनेर विनियोजन गरेका बताईन् ।
उनले विनियोज भएको सो रकमलाई सहिसदुपयोग गर्न सबैबाट अपेक्षा लिएको बताईन् । कार्यक्रममा प्रमुख अतिथि बममे हरेक स्थानीय तह महिलाको प्रजन्न स्वास्थ्यको लागि ठाउँ ठाउँमा जनचेतनाको कार्यक्रम, कर्मचारी व्यवस्थापन, उपकरण, पहुच योग्य सेवाको लागि स्वयम महिलाहरुले चासो दिनुपर्ने बताए ।
उनले स्वास्थ्य इकाई बडा बडामा गठन गर्नु, औषधी र परिवार नियोजनको साधनको उपलब्धता, सुत्केरी भता लगायत अन्य सेवाहरु सरकारबाट प्रभावकारी रुपले अगाडि बढाउनु पर्ने बताए । कार्यक्रममा संक्रमकालिन न्याय, मेलमिलाप तथा द्धन्द्ध समाधानका लागि जिल्ला संवादका संयोजक डा जानकी तुलाधरले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।













