मुक्त कमैयाद्धारा सञ्चालित दौना बेवरी सहकारी नमुना बन्दै

जोशीपुर ८ फागुन । जोशीपुर–३ रामनगर मुक्त कमैयाहरुद्धारा सञ्चालित दौना बेवरी बचत तथा ऋण सहकारी संस्था नमुनाकैरुपमा फस्ताइरहेको छ ।

२०७० सालमा स्थापना भएको सहकारीमा प्रति व्यक्ति रु २५ का दरले २५ जना मुक्त कमैयाहरु सेयर सदस्य बनेका थिए । सहकारी स्थापनाको शुरुवातमा कमैया प्रथा उन्मुलन समाजले लुथरनको आर्थिक सहयोगमा दुई लाख रुपैया लगानी लगाएको समाजका अध्यक्ष बसन्ती चौधरीले जानकारी दिइन् ।

उनले मुक्त कमैया कमलहरीहरुको मर्यादा अभिबृद्धि परियोजनाले कमैयाहरुलाई आर्थिक कारोबार गर्न र बचत गर्नकोेलागि सहकारी संस्था सञ्चालन गर्न मार्गदर्शन दिएको बताईन् । सहकारीमा हाल तीन सय ३५ जना सेयर सदस्य रहेका छन् ।

कसरी चल्दैछ सहकारी

दुई लाखबाट शुरुवाट गरेको दौना बेवरी बचत तथा ऋण सहकारी संस्था पाँच वर्षको अवधिमा १५ लाख लगानी पुगेको सहकारीका कर्मचारी अर्जुन चौधरीले बताए ।

उनले भने प्रत्येक सेयर सदस्यहरु मसिक एक सय रुपैयाका दरले बचत गरि हाल तीन लाख ७० हजार रुपैयाँ बचत भएको बताए ।
२०७३/०७४ मा लिबर्ड नामक संस्थाले मुक्त कमैयाहरुलाई व्यवसायीकरुपले तरकारी खेतिगर्नको लागि पाँच लाख ५० हजार रुपैया सहकारीलाई गराएको थियो । सहकारीले ५० हजार रुपैया सहकारी र बाँकी लिर्बडले उपलब्ध गराएको रुपैयाँबाट ६ लाखको कोष निर्माण गरि ६२ जना मुक्त कमैयालाई ऋण लगानी गरेको चौधरीले जानकारी दिए ।

उनले तरकारी खेतिको लागि सहकारीले प्रति व्यक्ति रु १० हजार रुपैया ऋण लगानी गरेको तर ४ हजार रुपैयाँ बीउविजनको लागि फिर्ता नहुने सर्तमा र ६ हजार रुपैयाँ वार्षिक ६ प्रतिशत व्याजदरमा हस्तान्तरण गरेको थियो । त्यसैगरि लिबर्डले २०७४÷०७५ मा पुनः तीन लाख रुपैया थप गरेको चौधरीले जानकारी दिए ।

सो बस्तीका मुक्त कमैयाहरुले उक्त सहकारीबाट औषधी उपचार र पढाई खर्च बाफत लिएको ऋणमा वार्षिक १५ प्रतिशत र कृषि तथा घर खर्च बाफत लिएको ऋणमा १८ प्रतिशत व्याज तिर्नुपर्ने नियम बनाएका छन् ।

सहकारी मार्फत रैथाने जातका वीउँ बैंक

दौना बेबरी बचत तथा ऋण सहकारी संस्थाले खाद्य, मलसंगै उन्नत जानको वीउहरु सहुलियत दरमा विक्री वितरण गर्दै आइरहेको सहकारीका सेयर सदस्य रेखा चौधरीले जानकारी दिईन् ।

उनले बजार भाउ रेटदर भन्दा १०/१५ रुपैया घटाएर सहकारीबाट सामानहरु उपलब्ध गराईरहेको बताउदै यो वर्षदेखि रैथाने जातका –लोक्कल) वीउ बैंक स्थापना गरेको बताइन् ।

वीउ बैंकमा विभिन्न प्रकारका रैथाने बीउ १ हजार किलो संकलन गर्ने लक्ष्येका साथ भण्डारण गर्न शुरु गरिएको उनले बताइन् । हाल फर्सी, लैका, चना, मटर, धान, मुला, सिमि, धनिया लगायतका वीउहरु ३ सय ५० केजी संकलन गरेर भण्डारण गरिसकेको जानकारी दिए । सहकारीले मुक्त कमैयाहरुलाई आर्थिक कारोबार गर्न सक्षम बनाउनुका साथै बचत गर्ने बानी बसालेको रेखाको भनाइ छ ।