मिलनपुर/विपतपुर मुक्त कमैया शिविर ऐन बनेपछि पूर्णरुपले व्यवस्थापन हुन्छः अध्यक्ष
हसुलिया, ७ फागुन । सिंह दरबार गाउँ गाउँ भन्ने चुनाबी नारालाई फ्लो गर्दै कैलारी गाउँपालिकाले मिलनपुर/विपतपुर मुक्त कमैया विशविरमा ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपले मनाएको छ ।
गापाले हिजो, आज र भोलि गरी ३ दिनसम्म दिप प्रज्वलन गरि दिवस मनाउनुका साथै शिविरमा रहेका प्रत्यक घरमूलीलाई एउटा/एउटा सेल वितरण गरेको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।

अध्यक्ष चौधरीले मिलनपुर/विपतपुर शिविर गाउँपालिकाको कार्यालय भन्दा टाढा रहेकोले उनीहरुलाई स्थानीय सरकारको अनुभूति गराउन सो शिविरमा दिवश मनाएको बताए ।

उक्त शिविर बसन्ता कोरिडोर बन क्षेत्र भित्र पर्ने भएकोले स्थानीय सरकारले बन ऐन र भूमि ऐन नबनाए सम्मा सोही क्षेत्रमै रहेर बस्ती व्यवस्थापन गर्ने बताए । ऐन बनिसकेपछि सो बस्तीको पूर्णरुपले व्यवस्थापन हुने अध्यक्ष चौधरीले बताए । शिविरमा विद्युत, खानेपानी, र सिचाईको व्यवस्था नभएकोले सो ठाउँको लागि योजना बनाई रहेको जानकारी दिए ।

उक्त क्षेत्रमा पानीको स्रोत एकदमै तल भएकोले खानेपानीको लागि तत्काल गाउँपालिकाले यो उच्च नल्काको व्यवस्था गर्ने, साथै विद्याुतको पोल यहि वर्ष नै गाड्ने काम शुरु गर्ने र अर्को वर्ष सम्म विद्युत लाईन विस्तार गर्ने अध्यक्ष चौधरीले बताए । उक्त कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीको सभा अध्यक्षता सम्पन्न भएको थियो ।













