सुदूरपश्चिम महोत्सवमा ३ करोड भन्दा बढी कारोवार, २ लाख दर्शकले गरे अवलोकन
धनगढी, ५ फागुन । यहि माघ २१ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव २०७५ आइतवार सम्पन्न भएको छ ।
समापन कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट रहेका थिए । महोत्सव अवधी भरि २ लाख दर्शकले अवलोकन र ३ करोड भन्दाबढी कारोवार गरेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुवँरले जानकारी दिएका थिए ।
महोत्सवमा २ सय २५ वटा स्टल रहेको थियो । महोत्सवमा १५ वटा कृषि प्रदर्शनीका स्टल, २६ वटा खानपानका र अन्य होटेल, रेस्टुरेन्टलगायत व्यापारिक स्टल रहेका थियो ।
महोत्सवमा रमाइलो मेला तथा बाल उद्यान रहेको थियो । १४ दिनसम्म संचालन रहेको महोत्सवमा ३ लाख दर्शकले अवलोकन गरिने अनुमान आयोजकले गरेको थियो । त्यसैगरि महोत्सवमा करिब १५ करोड रुपैया बराबरका आर्थिक कारोबार हुने आयोजकको दावी थियो ।













